शनिबार १२ साउन २०८१

छालामा सेतो दाग अथवा कुनै किसिमको बुट्टा देखिनु सेतो दुबी हो।छालाको रंग उडेर दाग देखिनु पनि सेतो दुबीनै हो। यो छालाको जुनसुकै भागमा हुनसक्छ। शरीरमा छालालाई रङ दिने कोषहरुको कमि भएर देखापर्ने समस्या हो, सेतो दुबी।हरेक व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमता हुन्छ त्यो क्षमता कहिलेकाहीँ बढी भएर आफ्नै शरीरविरुद्ध काम गर्छ। जसले छालालाई रङ दिने कोषहरु नष्ट हुनपुग्छन्।

धेरै जसो मान्छेमा एक दुई वटा थोप्लाजस्तोबाट सुरू भएर शरीरभरि फैलिन सक्छ। यसलाई चिकित्सककहाँ गएर पहिचान गर्नुपर्छ।सेतो दुबीको समस्या जुनसुकै उमेर समूहकालाई हुनसक्छ, तर १० देखि २० र ४० देखि ५० वर्षसम्मका व्यक्तिमा तुलानात्मक रुपमा बढी देखापर्छ। सेतो दुबी १० देखि ३० प्रतिशत वंशाणुगत हुनसक्छ।सेतो दुबीलाई रोग मानिदैन। यो समस्या हुँदा दुख्ने, पोल्ने हुँदैन।

सेतो दुबीको उपचार नगर्दा पनि केही फरक पर्दैन। तर अनुहार वा शरीरका कुनै भागमा सेतो दागले नराम्रो देखाउने हुँदा यसलाई ठूलो समस्याका रूपमा लिने गरेको पाइन्छ।सेतो दुबी प्रायः ओठ, आँखा, कुइना, कम्मर, घुडामा देखापर्छ। यो अरूलाई सर्दैन तर आफ्नै जिउमा फैलिनसक्छ। सेतो दुबी पनि दुई किसिका हुन्छन्ः सेगमेन्टल र नन सेगमेन्टल।

शरीरको एउटै अंगमा मात्रै आउने वा एउटै साइडमा मात्रै आउने सेगमेन्टल हो। शरीरको सबैतिर फैलिने नन सेगमेन्टल दुबी हो। तीमध्ये ओठमा र औंलामा आउने दुबी बढी आक्रमक किसिमको हुन्छ। यस्तो दुबी ठिक हुन समेत समय लाग्छ।सेतो दुबीको उपचार दुई तरिकाबाट गरिन्छ। एउटा औषधि लगाउने/खाने र घाममा सेकाउने। अर्को मेसिनमा सेक्ने जसलाई ‘फोटो थेरापी’ भनिन्छ। उक्त प्रविधिबाट पनि ठिक नभए शल्यक्रिया गर्नुपर्ने हुनसक्छ।

सेतो दुबी किन हुन्छ यसको उपचार कसरी गर्ने र लापबाही गरे के हुन्छ भन्ने लगायतका विषयमा केन्द्रित रहेर ‘बि एण्ड बि’ अस्पताल र समाज स्किन तथा लेजर क्लिनिकमा कार्यरत छाला रोग विशेषज्ञ डा. पारस श्रेष्ठसँग हामीले भिडिओ कुराकानी गरेका छौ।

हेर्नुहोस् भिडिओ:


Last Updated on: February 22nd, 2024 at 6:38 pm
५४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया