शनिबार १५ बैशाख २०८१

काठमाडाैं – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तरगत इराकविरुद्धको खेलमा नेपालकी सावित्रा भण्डारीले ह्याट्रिक गरेकी छन् । खेलको पहिलो हाफ सकिँदा भण्डारी एक्लैले चार गोल गरेपछि नेपाल ४–० ले अगाडी छ ।

सावित्राले खेलको १४ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दुई मिनेट नवित्तदै भण्डारीले अर्को गोल गरिन् । भने खेलको ३७ औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन् । त्यस्तै खेलको ४४ औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ४–० को अवस्थामा पुर्याएकी हुन् ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराउँदै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो । इराक भने पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइ रहेका छन् । नेपाल रहेको समूह ‘बी’ मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ‘ए’ मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।


Last Updated on: February 22nd, 2024 at 10:23 pm
५६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया