शनिबार १२ साउन २०८१

काठमाडौं । सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–११बानियाटार बस्ने २७ वर्षीय किरण थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट भएको र सम्बन्ध विग्रिएपछि पीडकले उक्त फोटो एवम् भिडियो पीडितका आफन्त तथा परिवारजनमा पठाई चरित्रहत्या गरेका थिए । पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा थापाको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौं गोंगबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Last Updated on: February 22nd, 2024 at 10:48 pm
६३० पटक हेरिएको

तपाईको प्रतिक्रिया