भारतवाट मोटरसाइकलमा साथीसंग आएका सुरजलाई जाँच गर्दा प्रहरीकै उड्यो होस्

काठमाडौ । भारतवाट मोटरसाइकलमा आएका भर्खरका युवाहरुको शंकास्पद गतिविधि देखेपछि प्रहरीले खोजतलास गर्यो । रौतहटमा उनीहरु भारतवाट मोटरसाइकलवाट आएका थिए । तर २० वर्षका ति युवासंग स्रोत नखुलेको ३० लाख बढी रकम देखेपछि प्रहरीनै छक्क पर्यो । प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

रौतहटबाट प्रहरीले ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो। बुधबार बिहान परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्गीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको हो। भारतबाट बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूमाथि प्रहरीले चेक गरेको थियो।

सो चेक गर्दा प्रहरीले उनीहरूको झोलाबाट ३० लाख ७६ हजार रुपैया बरामद गरेको कार्यालयले जनाएको छ। उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। त्यती धेरै रुपैया कुन प्रयोजनका लागि नेपाल ल्याएका थिए भनने खुलेको छैन । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ।फाइल तस्बिर

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button