भर्खरै बैतडीमा भयानक जीप दुर्घटना, ५ जनाकाे मृत्यु, काे-काे परे दुर्घटनामा याे हेर्नुस्

धनगढी, ९ मंसिर/ बैतडीमा जिप दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ ।
झुलाघाटबाट गोठलापानी तर्फ आउदै गरेको ना १ ज २१९६ नं जिप आज दिउसो १ बजेतिर बुढ्ढा नजिकै दुर्घटना हुदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ । घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । थप बिबरण केहीबेरमा आउने जनाईएकाे छ ।
धनगढीः कैलालीको धनगढीका थप २५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार २५५ जनाको परीक्षण गर्दा धनगढीका थप २५ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर १ का ७ जना, वडा नम्बर २ र ५ का ४/४ जना, वडा नम्बर ८ का २ जना, त्यसैगरी वडा नम्बर ३, १२, १३, १६ र १७ का १/१ जनामा संक्रमण देखिएको जानकारी दिए ।
यस्तै वडा नखुलेका धनगढीका ३ जनामा समेत कोरोना पुष्टि भएको छ ।