भक्तपुरबासीका लागि आयाे अत्यन्तै खुसीको खबर !

भक्तपुरबासीका लागि आयाे अत्यन्तै खुसीको खबर ! अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जडिबुटी पुलदेखि काभ्रेसँग सिमाना जोडिएको साँगाचोकसम्मको सडकखण्डमा ६४ वटा सीसी क्यामरा जडान गरिने भएकाे छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरमा केही दिनअगि आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले सीसी क्यामरा जडानको उद्घाटन गरेका हुन् । सीसी क्यामरा जडान समितिले आयोजना गरेको सो कार्यक्रममा उहाँले सडकमा हुने दु-र्घटना देखि अ-पराध अनुसन्धानलाई सबल बनाउन यसले ठूलो मद्दत पु-याउने बताए ।

उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष प्रदीप श्रेष्ठले प्रहरी र समाज एकअर्काका परिपूरक रहेको बताउँदै सुरक्षित राजमार्ग बनाउन तथा अपराध न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले समुदायस्तरबाट यस कार्यका लागि ठूलो रकम सङ्कलन गरिएको उल्लेख गरे । उनले यस्ता कार्यले भक्तपुरमा शान्तिसुरक्षा कायम राख्न सफल हुने विश्वास व्यक्त गर्दै निर्माण सामग्रीको ढुवानीको समयसीमा बढाएर राति ८ बजेदेखि बिहान ६ बजेसम्म निर्धारण गरिदिन स्थानीय प्रशासनसँग आग्रह गरे ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जिल्लामा को-रोना भाइरस सङ्क्रमण नियन्त्रणदेखि शान्तिसुरक्षा कायम राख्नमा प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको बताउँदै समुदायस्तरमा हा-ते-मा-लो गरेर सडकमा सीसी क्यामरा जडान गर्नुले अ-पराध अनुसन्धानमा प्रहरीलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

समितिका कोषाध्यक्ष नविन प्रजापतिले १३ किलोमिटर सडकमा जडान गरिएका सीसी क्यामराले सयौँ प्रहरीको काम गर्ने बताउँदै सूर्यविनायक नगरपालिकाको रु. १० लाख तथा स्थानीय उद्योगी, व्यवसायी, बैङ्कलगायत संस्थाबाट सङ्कलन भएको कूल रु ८० लाख २ हजार १७४ बाट उच्च प्रविधिको ६४ वटा सीसी क्यामरा जडान गरिएको बताए ।

उनले सङ्कलित रकममध्ये सीसी क्यामरालगायत सामग्री खरिदमा रु. ५६ लाख ४७ हजार र अन्यमा केही खर्च भएको बताउँदै त्यसबाट बाँकी रहेका रु. १८ लाख ७२ हजार समितिको नाममा बैंक खातामा रहेको जानकारी दिए । बाँकी रहेका रकमबाट च्यामासिंह, कमलविनायक बसपार्कलगायत आवश्यक ठाउँमा थप सीसी क्यामरा जडान गरिने पनि उनले जानकारी दिए ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button