बाढीले ओलाङचुङगोलाका दुई पुल बगायो

 अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए।

उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button