खोपले फेरी निरासा जगायो, जोन्सन कम्पनीको खोप नयाँ भेरियन्टका लागि प्रभाव हिन

एजेन्सी । एक डोज मात्र लगाए पुग्ने भनिएको जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोप पनि नयाँ भेरियन्टको कोरोनाका लागि प्रभावहिन देखिएको छ । अहिले नेपालमा पनि केही जिल्लामा देखिएको नयाँ भेरियन्ट डेल्टा र लाम्ब्डाका लागि प्रभावहिन देखिने बताइएको छ ।

मंगलबार प्रकाशित एउटा अध्ययन रिपोर्टमा यो खोप पहिलो पटक भारतमा भेटिएको डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्रै प्रभावकारी पाइएको उल्लेख गरिएको छ। एक डोज मात्र लगाए पुग्ने भनिएको सो खोपले पनि प्रभावकारीता नदेखाउने भएपछि अनुसन्धानकर्तालाई दुखी बनाएको छ ।

उक्त अध्ययन प्रयोगशालामा संकलित र ग तको नमूनाबाट गरिएको भएकाले यो रिपोर्ट भन्दा केही फरक परिणाम आउन सक्ने अनुमान पनि गरिएको छ । तर अनुसन्धानकर्ताहरूले जोन्सन एन्ड जोन्सनको खोप लगाएकाहरूले फाइजर वा मोडेर्नाको थप एक डोज खोप पनि लगाउनु पर्न हुनसक्ने औंल्याएका छन्।

जोन्सन एन्ड जोन्सनको खोप १ करोड ३० लाखभन्दा बढी मानिसहरूले लगाएका छन्। नेपालमा पनि अमेरिकी सरकारले अनुदानमा उक्त खोपको १५ लाख डोज दिएको छ। जोन्सन एन्ड जोन्सन खोप साउन ४ देखि नेपालमा पनि लगाउन सुरू गरिएको छ। अहिले उक्त खोप ५० देखि ५४ वर्षका मानिसहरूले लगाउन पाउँछन्। वैदेशिक रोजगारीमा जान ठिक्क परेकाहरुलाई भिषा र पासपोर्ट लिएर आउन भन्दै स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ । नेपालीहरु वैदेशिक रोजगारीका लागि जाने कतिपय मुलुकले यो खोपलाई मात्र मान्यता दिएका छन् ।

यसअघि जोन्सन एन्ड जोन्सनले सानो समूहमा अनुसन्धान गरेर प्रकाशन गरेको रिपोर्टमा आफ्नो खोप लगाएको ८ महिनापछि पनि डेल्टा भेरियन्टविरूद्ध प्रभावकारी रहेको उल्लेख गरेको थियो।

आमाको माया कस्लाई लाग्दैन र आमा आमा एक पटक सुन्नै पर्ने ( भिडियो सहित )

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button