रंगपत्रकार कुबेर गिरीलाई रंगपत्रकारिता पुरस्कार प्रदान गरिदै

काठमाडौँ । रातोपाटीकर्मी एवं रंगपत्रकार कुबेर गिरीलाई रंगपत्रकारिता पुरस्कार प्रदान गरिदैछ । नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०” को संस्करण यहि पुष ११ गते शनिबार राजधानीमा आयोजना हुन लागेको अवार्ड वितरण समारोहमा रंगपत्रकार गिरीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले जानकारी दिए । अध्यक्ष खरेलका अनुसार सो अवसरमा नवक्षितिज साप्ताहिक काभ्रेका पत्रकार नवराज बजगाईलाई यूवा पत्रकारिता सम्मान प्रदान गरिनेछ । कार्यक्रममा राष्ट्रियभाव, गजल, पप, आधुनिक, लोकदोहोरी लगायत विभिन्न भाषा–भाषी गरी जम्मा ५१ विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । कार्यक्रम संयोजक कमला जोशीका अनुसार निर्णायकको मत र भोटिङ पद्धतिवाट उत्कृष्ट गीत, श्रष्टा एवं सर्जकहरुलाई छनोट गरिने र उत्कृष्टमा परेका श्रृजना, सर्जक एवं श्रष्टाहरुलाई अवार्ड प्रदान गरिनेछ । ग्लोवल अनलाईन पेको वेवसाईटमा गएर पौष १० गते सम्म आफुलाई मनपरेका कलाकार एवं श्रृजनालाई भोटगर्ने ब्यबस्था गरिएको छ । गतवर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button