बेलायतले खोल्यो वर्क परमिट, नेपालबाट पनि आवेदन दिन पाइने

बेलायत सरकारले मंगलबार १ डिसेम्बरदेखि 
अंकमा आधारित भिसा प्रणाली शुरु गरेको छ । बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका 
प्रतिभावान तथा दक्ष कामदार भित्रयाउन नयां 
प्रणाली शुरु गरेको अधिकारीहरुले जनाएका छन् । यो खबर बेलायतबाट नेपाली लिंकमा प्रकाशित छ ।

ईयू मुलुकका बासिन्दा लगायत सबै विदेशी नागरिकहरुले १ डिसेम्बर २०२० देखि नै आवेदन दिन पाउनेछन् र आउंदो 
जनवरी १, २०२१ देखि बेलायतमा काम गर्नका लागि अनुमति दिइने छ । अनलाइनबाट भिसा आवेदन गर्न सकिने छ ।

‘स्कील्ड वर्कर भिसा’ का लागि रोजगारदाताबाट जागिरको अफर, अंग्रेजीमा निपुण र कमाइ वार्षिक न्यूनतम २५ हजार ६ सय पाउण्ड हुन अनिवार्य छ ।

आवेदकले आफ्नो पहिचान प्रमाणित र कागजात उपलब्ध गराउनु पर्नेछ । आप्रवासी कामदारहरुले भिसाका लागि योग्य हुन कुल ७० अंक ल्याउनु पर्नेछ जसमा मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलव कम्तीमा २५ हजार ६ सय 
हुंदा २० अंक प्राप्त गर्न सक्नेछन् ।

भिसा आवेदन शुल्क ६१० देखि १ हजार ४ सय ८ पाउण्ड, हेल्थकेयर सरचार्ज ६२४ पाउण्ड (प्रतिवर्ष) र आफ्नो खर्चका लागि कम्तीमा एक हजार २ सय ७० पाउण्ड सञ्चित हुनुपर्नेछ ।

बेलायत बाहिरका आवेदकलाई सबै प्रक्रिया पुरा गरेपछि भिसाको निर्णय तीनसाताभित्र दिइने र भिसा अवधि ५ वर्षसम्म हुने सरकारले जनाएको छ ।

गृहमन्त्री प्रीति पटेलले सरकारले ईयूसंग खुल्ला आवतजावत अन्त्य, आफ्नो सीमा नियन्त्रण फिर्ता र नयां अंकमा आधारित अध्यागमन प्रणाली लागू गर्ने प्रतिज्ञा पुरा गरेको बताएकी छन् । एक विज्ञप्तिमा उनले सामान्य, प्रभावकारी र लचिलो यो प्रणालीले रोजगारदातालाई आवश्यकता अनुसार दक्ष जनशक्ति भर्ना गर्न र बेलायतको ‘वर्क फोर्स’ लाई प्रशिक्षित र लगानी गर्न प्रेरित गर्ने बताइन् ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button