अहिलेसम्मको सबैभन्दा गोप्य योजना यसरी खोले राजेश हमालले जीवनमै पहिलोपटक (भिडियोसहित)

हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’मा कुरा गर्दै राजेश हमालले कलाकारिताको थालनी जोसुकैले गरेपनि यसमा निरन्तरता दिईरहने, करिअर बन्ने, लामो समयसम्म जीविकोपार्जन गर्न सक्ने कुनै ग्यारेन्टी नभएको बताए ।

मालले कलाकारितामा लागेर सफलता हासिल हुन्छ, करिअर बन्छ, जिविकोपार्जन लामो समयसम्म गरिरहन सकिन्छ भन्ने कुनै ग्यारेन्टी नभएको सुझाव आफूले दिने गरेको बताए ।

चलचित्रमा व्यस्तताकै समयमा आफू स्वयंमले समेत असुरक्षित महशुस गर्दै काम गरेको हमालले स्मरण गरे ।

कुराकानीका क्रममा हमालले तत्काल राजनीतिमा आउने बिषयमा आफ्नो कुनै पनि सोच नभएको पनि स्पष्ट पारेका छन् ।

‘नायक नबनेको भए राजेश हमाल के बन्नुहुन्थ्यो होला ?’ भन्ने प्रश्नमा हमालले भनेका छन्–

‘यसमा सफल भइनँ भने यसमा जान्छु भन्ने ठोस योजना भन्दा पनि यसमा सफल नभए समय वर्वाद गर्नु हुँदैन्, मैले आफ्नो जीवनका लागि अर्को बाटो अपनाउनुपर्छ भन्ने सोच्थेँ । अर्को बाटो तय भएको थिएन तर, त्यसका लागि केही औजार र तयारी त थियो । केही देश विदेशको अनुभव थियो । केही शिक्षा हासिल गरेको थिएँ ।

बुवा कुटनितिज्ञ हुनुहुन्थ्यो ।’ चलचित्र क्षेत्र असुरक्षित भएकै कारणले पनि आफ्नो परिवारले सुरुका दिनमा यो पेशाप्रति सकारात्मक सोच नबनाएको राजेशले बताएका छन् । आफूले बुबासँग गरेको वाचा संझदै हमालले अन्तरवार्तामा भनेका छन्–‘मैले बुबालाई २–३ बर्ष समय दिन भनेको थिएँ । यदि यो क्षेत्रमा सफल भइनँ भने बुबाले नै भनेको मान्छु भनेर वाचा गरेको थिएँ ।’

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button