२४ घण्टामा १०९६ संक्रमित थपिए, १७५२ डिस्चार्ज : १७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९६ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ५२ जना डिस्चार्ज भएका छन् भने १७ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ भने २ लाख २५ हजार ८०५ जना डिस्चार्ज भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या भने १३ हजार ५८२ रहेको छ। अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या १५ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ। अहिले ५३६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

सरकारले अहिलेसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर परीक्षण गराएको छ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button