पूर्वपति गजुरेलको बिहे हुने पक्का भएपछि मीना भन्छिन् : “घरमा राजतन्त्र ल्याउन मन लाग्यो”

काठमाडौं : आफ्ना पूर्वपति हास्य कलाकार मनोज गजुरेलको बिहे हुने थाहा पाएपछि मिनाले पनि बिहे गर्ने चाहना ब्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो चाहना ब्यक्त गरेकी हुन् ।

उनी फेसबुकमा लेख्छिन्, ‘मेरो घरमा राजतन्त्र ल्याउन मन लाग्यो । तर राजा हुन लायक चै कोइ देखिन ।’ उनको यो स्टाटस मनोज गजुरेलको अर्को बिहे हुने चर्चासँगै आएको छ ।

उनको पहिलेको बिहे सफल नभएपछि मनोज र उनकी श्रीमतिसँग अलग बस्दै आएका थिए । मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबुकमा आफ्ना भावना ब्यक्त गरेकी हुन् ।

यस अघिकी पत्नी मीना ढकाल सँग स’म्बन्ध बि’च्छेद भए पछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मि’लाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै तपाईँलाई बताउन सक्छु।’

महिला तर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनि सकको बताइएको छ।

गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए ।

करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका हुन् । उनले विवाह गर्ने तयारी गरेपनि विवाहको मिती र बेहुलीको बारेमा भने गोप्य नै राखेका छन् ।

मनोजको बिहे हुने भएपछि एक डायलग मिनाले मनोजलाई फेसबुकबाटै दिएकी छिन् । उनी स्टाटसमा लेख्छिन्, ‘खान्न खान्न लोकाचार, खान लाग्यो माना चार, के हो?’

कोरोना सं’क्र’म’णकै क्रममा अस्पतालमा उपचार गराइरहेका गजुरेलको स्वास्थ्यलाभको कामना गर्दै पूर्वपत्नी मीना ढकालले केहीसमय अगाडी सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसले निको चर्चा बटुलेको थियो ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button