किन बालबालिकामा बोलीको विकास ढिलो हुन्छ ?

काठमाडौं- सबै अभिभावक सन्तान जन्मेपछि बोली कस्तो होला मलाई कसरी बोलाउँला भनेर कल्पना गर्छन् । र उनिहरुको बोली सुन्न आतुर हुन्छन् ।

विशेषज्ञहरुको अनुसार केही शिशुहरूले चाँडो बोल्छन् भने कोहीले ढिलो बोल्ने गरेको बताउँछन् । उनीहरूलाई बोल्न सिक्न एक बर्ष भन्दा बढी समय लाग्न सक्छ। यस समयमा, शिशुहरूले केवल इशाराहरू मार्फत आफ्नो शब्दहरू बताउँछन् ।

कोहि बालबालिका छिटै् बोल्न शुरु गर्छन् भने कोहि ढिलो बोल्न् शुरुगर्छन् । यस्तो अवस्थामा आमा वा बुबाले उनिहरुसँग बढी समय बिताउनुपर्छ र बोल्न प्रोत्साहित गर्नुपर्छ।

केही शिशुहरूको विकास ढिलो हुन्छ, त्यसैले ढिलो बोल्न थाल्छन्। यस्तो अवस्थामा अभिभावकहरु आफ्नो बालबालिकाले कुन उमेरमा बोल्न सिक्छन् भन्ने जान्न चाहन्छन्।

बालबालीका ढिलो बोल्नुका थुप्रै कारणहरु हुन्छन् । त्यसमध्ये वंशानुगत कारण एक हो । अभिभावकले ढिलो बोल्न सुरू गरेको भए सन्तानले पनि ढिलो बोल्न सक्छ । सञ्चारको अभावले पनि बालबालिकाले ढिलो बोल्न सक्छन् । बालबालिकालाई बोल्ने प्रेरणा दिएन उसँग बसेर सिकाइएन भने यस्तो समस्या बढ्न सक्छ ।

चिकित्सकहरुले दुई बर्षका बालबालिबालाई स्क्रिन समय बिताउँन दिन हुदैँन भन्ने सुक्राव दिन्छन् । तर अभिभावकको समय व्यस्तताको कारण बालबालिकालाई धेरै समय टिभी वा हातमा मोबाइल फोन दिएर अल्मलाइरहेका हुन्छन् । यस्तो बानिले बालबालीकाले केहि राम्रो कुरा सिक्न सक्छ, तर बोल्न कहिल्यै सिक्दैन। त्यसैले बालबालीकासँग कुरा गर्नु धेरै महत्त्वपूर्ण हुन्छ।

बोलिको विकास नभएका बालबालिकाले भोकाएको, भिजेको इशाराको माध्यमबाट बताउँछन् । तर भाषा सिक्नको लागि तिनीहरू एक लामो प्रक्रियामा जानु पर्छ। सामान्यतया बालबालीकाहरु एक बर्षको उमेरमा भाषा मार्फत बोल्न थाल्छन्। यस उमेरमा, उनीहरूले मामा, पापा,बाबा दादा, जस्ता शब्दहरू बोल्न शुरू गर्छन् जुन उनीहरूको लागि एकदम सजिलो छ।

दुई बर्षको बालबालिकाले उसको अगाडि गरेको कुराकानिको ५० प्रतिशत बुझ्न सक्छ । तीन वर्षमा ७५ प्रतिशत बुझ्न सक्छ भने चार वर्षमा सबै कुरा स्पष्ट बुझ्न सक्छ । ४ बर्षको बालबालिकाले अरुले बोलेको ध्यान दिएर सुन्न सक्छ र बोल्न पनि सक्छ।

स्कूल जान थालेपछि बालबालिकाले धेरै कुरा बुझ्न थाल्छन् । धेरै चीजहरू हेरेर चाँडै नै नाम प्रकट गर्न सक्छन् । यस उमेरमा, उसले धेरै प्रश्नहरू सोध्न सक्छन् । लामो वाक्य बोल्नका साथै अभिभावकसँग राम्रो कुरा गर्न थाल्छन्।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button