झापामा पूर्वराजदम्पत्तीलाई स्वागत गर्दै समर्थकले भने, “राजा आउ देश बचाउ”

झापा/ पूर्वराजदम्पति चारहप्ते बसाईकोलागि आइतवार साँझ झापा आएका छन् ।

राजा ज्ञानेन्द्र पत्नी कोमल राज्यलक्ष्मी देवी शाहका साथ बुद्ध एयरलाइन्सको बिमानबाट सोमबार साँझ पौने ६ बजे झापा आइपुगेका हुन् ।

भद्रपुरस्थित चन्द्रगढी विमानस्थल ओर्लिएका पूर्व राजदम्पत्तिलाई विमानस्थलमा उनका समर्थकहरूले स्वागत गरेका थिए।

समर्थकहरूले पूर्व राजाको पक्षमा ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश-प्राण भन्दा प्यारो छ, मेची महाकाली हल्ला छ राजा ल्याउने सल्लाह छ, गणतन्त्र मुर्दावाद, सङ्घीयता खारेज गर, हिन्दुराष्ट्र कायम गर’ भनेर चर्का नारा लगाएका थिए ।

पूर्वराजा-रानी दमकस्थित निवासतर्फ गएका छन्। त्यहाँ वहाँहरुको आफ्नै निजी चिया बगान अर्थात् हिमालयन टी स्टेटमा रहेको निवासमा बस्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

वहाँहरू झापा करिब चार हप्तासम्म बस्ने बुझिएको छ।

झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्तिपीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको जनाइएको छ।

पूर्वराजा-रानी जाडोको समयमा हरेक बर्ष दमकस्थित निवासमा लामो समय बिताउने गरेका छन् 

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button