चितवनको समुदायमा कोरोना फैलिएको हो ?

समुदायमा कोरोना फैलिन पाएन भनेर खुसी देखिएका चितवनका प्रशासक, चिकित्सक तथा जनप्रतिनिधिहरु सोमवार साँझ एकैपटक २० जना संक्रमित थपिएपछि झस्किए । भारतबाट आएर क्वारेन्टिनमा बसेकादेखि अस्पतालका चिकित्सक र नर्ससम्मलाई कोराना संक्रमण देखिएपछि डराउनु स्वाभाविक हो । त्यसैले त चितवनका स्थानीय तहहरुले धमाधम वडा सिल गरेका छन् ।

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुले उतैबाट कोरोना लिएर आएको हुनसक्ने अनुमान गरिए पनि चिकित्सक र नर्सलाई कसरी संक्रमण भयो भन्ने भेउसम्म यहाँका चिकित्सक र सम्बन्धित निकायले पाउन सकेका छैनन् । भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका ६८ वर्षीय वृद्ध, नारायणी सामुदायिकका चिकित्सक र मनकामना अस्पतालकी एक नर्सलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा अझै थाहा हुन सकेको छैन ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button