शनिबार १२ साउन २०८१

काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।

ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पा
अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उनले भने, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए ।

आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।”


Last Updated on: February 24th, 2024 at 4:48 pm
३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया