शनिबार १२ साउन २०८१

रक्सीले मातेका एक चालकले दाङको घोराहीमा आफूले चलाइरहेको कार पुलबाट तल खसालेका छन्।

घोराही-लमही सडक खण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार तल खसेको थियो।

दुर्घटनामा कार चालक ललितपुर महानगरपालिका-१५ बस्ने ४२ वर्षीय उज्ज्वल केसी घाइते भएका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले कार अनियन्त्रित भएर पुलबाट खसेको बताए। उनका अनुसार चालक केसीको निधार र छातीमा चोट लागेको छ।

उनको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कारमा केसी एक्लै रहेको प्रहरीले जनाएको छ।


Last Updated on: March 12th, 2024 at 9:05 am
६२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया