शनिबार १५ बैशाख २०८१

काठमाडाैं । पाइलट पढ्न लागि १ रुपैया अभियान थालेका दोलखाका दिपेन्द्र घिशिङले पढाइ सुरू गरेका छन् । आफ्नो बच्चै देखिको सपना पाइलट पढ्न पढाई खर्चको लागि १/१ रुपैया उठाउदै सपना पुरा गर्न लागिपरेका थिए ।

दोलखाको बैतेश्वर गाउँपालिका स्थायी ठेगाना भएका दिपेन्द्र अभिभावकविहीन छन्। सानै उमेरदेखि पाइलट बन्ने सपनाले मेहनतका साथ पढेपनि प्लस टू पछिको अध्ययन पैसा अभावले रोकिने अवस्था आएको थियाे ।

आफ्नो समस्या लिएर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रमा पहल गरेपनि कतैबाट सुनुवाइ नभएको उनको गुनासो छ। एमबीबीएस पढ्ने विद्यार्थीले स्थानीयदेखि संघीय सरकारसम्मको सहयोग पाउने व्यवस्था भए पनि पाइलट पढ्न चाहने विद्यार्थीलाई कसैले सहयोग गर्न नचाहेको उनकाे भनाइ थियाे । त्यही कारण एक रुपैयाँ अभियान सञ्चालन गरेर भएपनि पाइलट पढिछाड्ने अठोट उनकाे थियाे ।


Last Updated on: March 27th, 2024 at 7:49 am
५३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया