मंगलबार १८ बैशाख २०८१

धनगढी: नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले बलात्कारको जाहेरी दिएकी छिन्। उनले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत चैत्र २० गतेका दिन जबर्जस्ती करणीको जाहेरी दिएकी हुन्।

जाहेरीपछि रविलाई समात्न अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अहिले जापानमा रहेका रविलाई नेपाल आउने बित्तिकै पक्राउ गरिने छ।

जिल्लाकै कृष्णपुर नगरपालिका, गुलरिया घर भएका रवि नेपाल आइडलका बिजेता हुनुपूर्व नै कञ्चनपुरकै ती युवतीसँग प्रेम सम्बन्धमा थिए। लामो प्रेम सम्बन्धपछि गत मंसिरमा उनले प्रेमिकासँग बिहे गरेका थिए। बिहेपछि आफ्नो वास्ता नगर्ने तथा बाहिरै बढी बस्ने भएकाले श्रीमती उनीसँग बिच्किएकी थिइन्।

तर, हालसालै केही समय अगाडि अचानक घर आएको समयमा संगै बसिरहेको बेला रविले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै उनकी पत्नीले जाहेरी दिएको प्रहरी स्रोतले जनाएको छ। उनले दिएको जाहेरीमा वैवाहिक सम्बन्धमा रहेकै बेला जबर्जस्ती रुपमा यौन सम्बन्ध राखेको कुरा उल्लेख गरिएको स्रोतको भनाई छ।

ती युवतीलाई रविले भगाएर बिहे गरेका थिए। तर, विहेपश्चात सेलिब्रेटी भइसकेपछि रविले उनलाई वास्ता गर्नसमेत छोडेको बताइएको थियो।


Last Updated on: April 6th, 2024 at 1:15 pm
२९०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया