मंगलबार १८ बैशाख २०८१

काठमाडौं- मानव शरीरका लागि नभइ नहुने पौष्टिक तत्व हो । तर, धेरै भिटामिन डी को सेवन पनि स्वास्थ्यका लागि घातक रहेको चिकित्सकहरु बताउँछन् ।

धेरै भिटामिन डीको अत्यधिक सेवनका कारण हालै बेलायतमा एक जनाको ज्यान गएको छ । अत्यधिक भिटामिन डीका कारण बेलायतमा ८९ वर्षीय पुरुषको निधन भएको बीबीसीले जनाएको छ ।

बेलायतको सरेमा बसोबास गर्ने ८९ वर्षीय डेभिड मिचनरको मृत्यु भएको पाइएको हो । मृत्यु हुनु नौ महिनाअघिसम्म उनले भिटामिन डीको औषधि सेवन गर्दै आएका थिए ।

उनको मत्युअघि शरीरमा भिटामिन डीको मात्रा ३८० रहेको उल्लेख गरिएको छ, जुन प्रयोगशालामा परीक्षण गरिएको मात्राको अधिकतम हो ।

उनको निधनपछि गरिएको पोष्टमार्टममा अत्यधिक भिटामिन डीको सेवन, हाइपरक्याल्सेमिया र मुटु एवं मिर्गौला फेलियर देखिएको थियो ।


Last Updated on: April 6th, 2024 at 1:21 pm
२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया