शनिबार १२ साउन २०८१

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो बनेको हो । यसअघि गत मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको थियो ।

त्यसदिन सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ पुगेको छ। यो मूल्य मंगलबारको रेकर्डभन्दा प्रतितोला १ हजार ३ सय रूपैयाँ बढी हो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा भने बिहीबार सुनको भाउ प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो ।

आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ ।


Last Updated on: June 6th, 2024 at 12:48 pm
४२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया