शनिबार १२ साउन २०८१

धनगढी: धनगढीको रारा होटलमा यौनधन्दा हुने गरेको पाइएको छ। धनगढी उपमहानगरपालिका २ मिलनचोकस्थित रारा होटलमा धन्दा हुने गरेको हो।

हिजो (शुक्रवार) मात्र सो होटलमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख इन्सपेक्टर जनक राज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले छापा हान्दा १ जोडी समातिएको थियो।

सो होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल साहु कञ्चनपुर कृष्णपुर नगरपालिका ४ का ३३ वर्षीय नरेश ऐर र डडेल्धुरा अमरगढी नगरपालिका घए भएकी वर्ष २५ की गिता केसीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


Last Updated on: June 8th, 2024 at 3:58 pm
१०४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया