शनिबार १२ साउन २०८१

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा रहेका हुँदा गस्तीमा खटिएका दुई जना प्रहरीको मृत्यु भएको छ ।

फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकलमा नियमित गस्तीमा खटिएका असई र हबल्दारको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक (असई) रवीन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमादनगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठ छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सोल्पाडाँडाबाट गस्ती गरेर पुनः प्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो ।

सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा लग्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


Last Updated on: June 10th, 2024 at 9:48 am
७१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया