बुधबार ३० माघ २०८१

झापाको शिवसताक्षीमा ४ वर्षअघि श्रीमानबाट छुट्टिएर माइतमा आमाबुबासँग बस्दै आएकी २१ वर्षीया युवतीले २२ दिन अघि बच्चा जन्माइन्।

बच्चा जन्मेपछि गाउँमा बच्चाको बुबा को हो भनेर सोधखोज सुरु हुन्छ। त्यसक्रममा युवतीले ८१ वर्षीय वृद्धको नाम लिन्छिन्। उनका अनुसार, ती वृद्धले अमला ल्याइदिने, पैसा दिने जस्ता प्रलोभन देखाएर यौनसम्बन्ध राखेका थिए। युवतीका बुबाका अनुसार, उक्त वृद्ध प्रायः उनको घरमा आउँथे र एकपटक त ती वृद्धले छोरीलाई पैसा दिनको लागि फकाइरहेको दृश्य देखेको बताएका छन्।

तर, वृद्धले भने आफू युवतीको घरमा गएको मात्रै र बच्चा आफ्नो नभएको दाबी गरेका छन्। उनले ५० वर्ष अघि स्थायी परिवार नियोजन गरेको र बच्चा उनको नभएको बताएका छन्।
बच्चा जन्मेको ११ दिनमा न्वारान गर्ने चलन भए पनि बुवाको पहिचान नभएकाले २२ दिन हुँदा पनि न्वारान गरिएको छैन। यस्तो गम्भीर र संवेदनशील घटनालाई अहिले सामाजिक संजालमा अमला काण्ड भनेर मजाकको रुपमा हेरिएको छ।
Tajakhabar bat


Last Updated on: February 3rd, 2025 at 4:27 pm
७२० पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design