बुधबार ३० माघ २०८१

नेपाली समय अनुसार बिहान ६ः१० मा उडान भर्न लागेको जहाजको टायर पड्किएपछि उडान हुन नसकेको हो ।

नेपाल वायुसेवा निगमका प्रवक्ता (प्राविधिक) मनोज कुमार ठाकुरले टायर पड्किएपछि यहीँबाट प्राविधिक लिएर जाने कि उतै मर्मत गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।

‘टायर ब्लास्ट भएको हो । त्यसलाई बनाउनुपर्ने भएको छ । यतबाट प्राविधिक लैजाने कि उतैको प्राविधिक लगाएर मर्मत गर्ने भन्ने छलफल गनए अहिले हामी बसिरहेका छौं, निर्णय गरेर मर्मत अगाडी बढाउँछौं,’ उनले भने ।


Last Updated on: February 3rd, 2025 at 4:31 pm
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design