बुधबार ३० माघ २०८१

आजभोलि सम्बन्ध विच्छेद यति सामान्य भएको छ कि कुरै नगरौँ । हतारमा विहे गर्छन अनि फुर्सदमा डिभोर्स गर्छन् । दास्रो विवाह गरेको ६ महिना पनि नबित्दै नायिका अरुनिमा लम्सालको पनि सम्बन्धमा दरार आएको छ । श्रीमानले आफूलाई धोका दिएको अरुणिमाले आरोप लगाएकि छिन् । अरुनिमाले गत भदौ ३ गते सुनसरीका स्थानीय कांग्रेस नेता युवराज श्रेष्ठसँग काठमाडौंको राम मन्दिरमा दास्रो विवाह गरेकि थिइन् । अरुणिमाले विवाहका सबै तस्विर र भिडिओहरु आफ्नो फेसबुकबाट हटाएकि छिन् । विवाहपछि दुवैजना अमेरिका सेटल हुने योजना थियो । तर, अहिले अरुणिमा यो सम्वन्धलाई निरन्तरता दिन नसक्ने मनस्थितिमा पुगेको स्रोतहरुको दावी छ । उनले निकटस्थहरुसँग ‘युवराजबाट धोका पाएको’ बताउने गरेकी छन् ।

उसो त नेपाली रंग क्षेत्रमा सम्बन्ध विच्छद गर्नेहरुको संख्या लामै छ । अभिनय र गीत संगीतमार्फत कहिले मिलन र कहिले विछोडका कहानी प्रस्तुत गर्ने यी कति कलाकारका जिन्दगी पनि त्यस्तै छन् । नायिका रिमा विश्वकर्मा विहे भएको २ वर्षमै श्रीमानसँग डिभोर्स गरिन् । शिल्पा पोखरेलको डिभोर्स एक चर्चित डिभोर्समा गनिन्छ । उनको सम्बन्ध विच्छेदले सामाजिक सञ्जाल तातेको थियो । शिल्पा अन्तर्वार्तामै श्रीमान छवी ओझाले पिटेको भनेर डाको छाडेर रोएपछि माहोल झन गर्माएको थियो । विवाह गरेको एक वर्ष पनि नपुग्दै सम्बन्ध विच्छेद गरेकी अर्कि नायिका हुन् वर्षा सिवाकोटी । त्यस्तै अभिनेत्री सुष्मिता केसी, मनिषा कोइराला, प्रियंका कार्की, रेखा थापा पनि डिभोर्स हुने कलाकारको सुचिमा पर्छन् । नायिका सञ्चिला लुईटेल पनि पहिलो सम्बन्ध विच्छेद गरि नायक निखिल उप्रेति सँग विवाह गरेकि हुुन् । अभिनेत्री गौरी मल्लले पनि राजन भण्डारीसँग प्रेम विवाह गरेकी थिइन् । तर उनको पनि जोडी सम्बन्ध विच्छेदमै गएर समाप्त भयो । गायिका अञ्जुु पन्त र संगीतकार मनोजराजको सम्बन्ध पनि लामो समय टिक्न सकेन । एक समयकी चर्चित नायिका पूजा चन्दले सुरज चन्दलाई सम्बन्ध विच्छेद गरेर अमेरिका पलाएन भएकी थिइन् ।

सर्वोच्च अदालतको पछिल्नो ३ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा १ लाख भन्दा वढि सम्बन्ध विच्छेदको मुद्धा दर्ता भएका छन् । महिला सशक्तीकरणका कारणले पनि सम्बन्ध विच्छेद बढ्दै गएको समाजशास्त्री डा. दिनेश प्रसाईं बताउँछन् । ‘महिलाहरूले पहिले चरम विभेद पनि सहेर बस्थे, तर अहिले शिक्षा र चेतनाका कारण महिलाले विभेद सहँदैनन् । त्यसबाट मुक्ति खोज्छन्,’ ‘हिजो घरेलु हिंसाबाट पीडित महिला समाज, घर र माइतीले के भन्लान् भन्ने डरले पीडा लुकाएर बस्ने गरेका थिए तर अहिले त्यो अवस्था छैन्।’ सम्बन्ध विच्छेद हुनुमा खासगरी प्रविधिको विकास, सामाजिक सञ्जाल र वैदेशिक रोजगारीको पनि भूमिका रहेको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले बताएका छन् । तपाईलाई के लाग्छ समाजमा यति धेरै डिभोर्सका घटना बढ्नसको मुख्य कारण के हो ? प्रतिक्रिया दिनुहोला ।


Last Updated on: February 3rd, 2025 at 4:35 pm
८०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design