बुधबार २८ फाल्गुण २०८१

काठमाडाैँ : क्यारेबियन देशहरूमा भूकम्पको धक्का महसुस भएको छ । यूएसजीएसका अनुसार केम्यान टापुहरूको दक्षिणपश्चिमस्थित क्यारिबियन सागर केन्द्रबिन्दु भएर आइतबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पको धक्का क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतका देशमा महसुस भएको समाचारमा उल्लेख छ । जसले गर्दा त्यहाँ बस्ने मानिसहरूमा त्रास फैलिएको थियो।भूकम्प आएपछि सुरुमा सुनामीको चेतावनी दिइएको थियो। तर पछि यसलाई रद्ध गरिएको छ ।

अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले सुनामीको सम्भावना नभएको तर सतर्क रहन भनेकाे छ ।


Last Updated on: February 9th, 2025 at 10:14 am
२७५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design