हार्दिक बधाई : नेपालमा आज ३१४०जनाले कोरोना जितेर घर फर्के ! “यस्तो छ आजको पुर्ण विवरण”

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १४० जनाले कोरोना जितेका छन् । याे सँगै निकाे हुनेकाे संख्या ‌२ लाख ७ हजार ९९८ पुगेकाे छ । देशभर आज १ हजार ९४८ लाई कोरोना भाइरस सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त प्रा.डा. जागेश्वर गौतमका अनुसार ९ हजार २१० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९४८ लाई कोरोना पोजेटिभ देखिएको हो ।

काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन् । ‌यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । यस्तै २८ संक्र मितको मृ त्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृ’तकको संख्या १ हजार ३८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button