स्याङ्जा र गोरखामा फेला परे नयाँ भेरियन्टका संक्रमित, कस्तो छ उनीहरुको अवस्था ?

काठमाडौँ । भारतमा महामारीका रुपमा समस्यामा पारेको नयाँ भेरियन्टले नेपालमा पनि धक्का दिन थालेको छ । गण्डकी प्रदेशको स्याङ्जा र गोरखा जिल्लामा नयाँ भेरियन्टका संक्रमित फेला परेका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको पाँच वटा नमुनामा नयाँ भेरियन्ट डेल्टा पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नजराज शर्माले स्याङ्जाका दुई पुरुष तथा गोरखाका तीन महिलामा नयाँ भेरियन्ट डेल्टा भेटिएको जानकारी दिए ।

स्याङजा कालिगण्डकी गाउँपाकिाका १४ वर्ष र ६० वर्षको पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकामा ७०,३३, र ४० वर्षीय महिलाहरुमा नयाँ भेरियन्ट पुष्टि भएको हो ।

स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले यो पहिलो अल्फा भेरियन्टमाभन्दा बढी संक्रमण दर भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड र सतर्कता अपनाउन आग्रह गरेको छ ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button