यी हुन् देउवालाई मत दिने ओली पक्षका ६ सांसद, माधव निकटले बरु दिएनन्

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको बैठकमा उनले विश्वासको मत लिएका हुन् । आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले एकजना सांसदले मतदान नगरेको जानकारी दिए ।

सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् ।

गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त भएका थिए । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।

यसै क्रममा देउवालाई विश्वासको मत दिनै लाग्दा नेकपा एमालेका माधव नेपाल पक्षले तटस्थ बस्ने निर्णय गर्दा ओली पक्षकै सांसदहरुले भने फ्लोर क्रस गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्षका ६ सांसदले फ्लोर क्रस गरेका हुन् । उनीहरुले शेरवहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

सांसद प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, गोपाल बम, हिरा केसी, पार्वती विसुंखेले विश्वासको मत दिएका हुन् । आले यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका थिए । प्रेम आले यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री भएका थिए । त्यस्तै ओलीनिकट समानुपातिक सांसद समिना हुसेनले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकी छन् ।

त्यस्तै तनहुँबाट रामचन्द्र देउवालाई हराउने किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् । किसान आइजिपी सर्वेन्द्र खनालसङ्गै पोहोर मधेसी माननीयलाई तराईबाट उ’ठाएर ल्याउने काममा महेश बस्नेतसहित सम्लग्न थिए । उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन् ।

त्यस्तै डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढा,मुगुका गाेपाल बमले पनि देउवालाई विश्वासको मत दिएका छन् । समानुपातिक सांसद समिना हुसेनले पनि देउवालाई विश्वासको मत दिएकी छन् ।

ओली पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । आइतबारै बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले देउवालाई मत दिनेहरु एमालेमा नरहने बताएका थिए । त्यस्तै, माधवकुमार नेपाल पक्षका केही सांसद्हरु भने संसद् बैठक चल्दाचल्दै बाहिरिएका थिए।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button