जसपा ठाकुर समुहलाई २ मन्त्रालय दिँदा, यादव समुहले के दियो प्रतिकृया ?

काठमाडौ । ओली सरकारको सारथी बनेको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष देउवा सरकारमा पनि सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिने घोषणा गर्दा उनको विपक्षमा रहेको ठाकुर समुह मत दिने बेलामा यु टर्न भएको थियो । अहिले दुई मन्त्रालय लिएर सरकारमा जाने निर्णयमा पुगेको छ ।

अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटपछि यस्तो सहमति जुटेको हो । ठाकुर बुधवार विहान देउवालाई भेट्न पुगेका थिए । बालुवाटारमा विहान भएको छलफलमा दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने सहमति जुटेको हो ।

ठाकुर पक्ष सरकारमा जाने कुरालाई लिएर उनकै पार्टीको उपेन्द्र यादव पनि सहमत रहेको बताइएको छ । पार्टीको आधिकारीकताको विवाद लिएर निर्वाचन आयोग पुगेका ठाकुर र यादव समुह अब एकताको वाटोमा छन् । दुई मन्त्रालयमा सहमति जुटेपनि मन्त्रालयको टुंगो भने लागेको छैन ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button