विवाहकै दिन कल्पना र रमेशबीचको सम्बन्धको कुरालाई लिएर रोइन् नन्दा, गरिन् यस्तो बाचा (भिडियो हेर्नुस्)

काठमाडौ । सामाजिक सञ्जालमा निकै चर्चित रमेश प्रसाईले विवाह गर्दैछन् । नन्दा सिंहसंगको ३ वर्ष देखिको प्रेमलाई उनले विवाहमा परिणत गर्न लागेका हुन् । तर इन्द्रेणीमा कल्पना दाहालसंग दोहोरी गाएपछि उनको चर्चा थप चुलिएको थियो । कल्पना र रमेशले बनाएको टिकटक भिडियोका कारण पनि उनीहरुको नाम जोडिएको थियो ।

तर सामाजिक सञ्जालमा कल्पनासंग नाम जोडेर समाचार आइरहँदा रमेशले भने नन्दासंग विवाह गर्न लागेको खुलासा गरेका थिए । सो खुलासा पछि रमेश र नन्दाका फ्यानहरुले नकारात्मक टिप्पणी गरे । केहीले कल्पनालाई रमेशले धोका दिएको समेत भनेका थिए । यस्तो कमेन्टका कारण नन्दा सिंहले आफु रोएको कुरा खुलासा गरेकी छन् ।

नन्दाले बिहेको दिनको कसम खाँदै भनेकी छन्,‘रमेश जीले कल्पनालाई धोका दिनु भएकै छैन । धोका त त्याहाँ हुन्छ जहाँ माया बसेको हुन्छ । उहाँहरुले त केवल लोक दोहोरीकालागी मायाप्रेमको गीत गाउनु मात्र भएको हो । यसैको आधारमा रमेशले नन्दालाई छाडिदिए हुन्छ भनेर गरेको कमेन्टले म निकै नै रोएकी छु ।’ नन्दाले भावुक हुँदै सुनाईन् आफुलाई चित्त दुखेको कुरा ।

नन्दाले एक अन्तरवार्तामा रमेशसंग कुरागर्दै गएको १ महिनामा नै रमेशले आफुलाई प्रेम प्रस्ताव राखेको कुरा स्वीकार गरेको बताएकी छन् । आफुहरुबीचको सम्बन्धको बारेमा एक महिन पछि नै रमेशले परिवारलाई भन्नु पर्छ भनेको हुनाले हाम्रो सम्बन्धको बारेमा पनि दवैको परिवारलाई थाहा भएको कुरा नन्दाले सनाएकी छन् ।

नन्दाले विगत ३ वर्षदेखि नै रमेशकी आमासंग आफ्नो राम्रो सम्बन्ध भएको पनि बताएकी छन् । आफ्नो हुनेवाला श्रीमान रमेशको बारेमा नन्दाले रमेशलाई जीवन साथीको रुपमा पाउनुमा आफुलाई निकै नै भाग्यशाली ठानेको पनि बताएकी छन् ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button