कोरोना संक्रमितको उपचारका लागि अजयले बनाए अस्पताल, संक्रमितको उपचार निशुल्क हुने

एजेन्सी । भारतमा कोरोना महामारीका रुपमा फैलिएपछि बलिउड कलाकारहरु पनि सहयोगका लागि अगाडी आउन थालेका छन् । अभिनेता अजय देवगणले कोरोना संक्रमितको उपचारका लागि कोभिड सेन्टर संचालन गरेका छन् । जसमा अक्सिजन भेण्टिलेटर सहितको ब्यवस्था गरेर संक्रमितको उपचार गरिन्छ ।

उनको यो कामको भारतमा निकै प्रशसंसा भएपछि अभियानमा आनन्द पण्डित पनि जोडिएका छन् । भारतका विभिन्न स्थानमा कोरोना उपचार सेन्टर संचालन गर्ने योजना उनीहरुको छ । अस्पतालमा भर्ना भएका संक्रमितले पनि अक्सिजन नपाएको र उपचारका लागि वेड समेत उपलब्ध नभएको अवस्थामा अभिनेताहरु नै कोभिड उपचार सेन्टर स्थापनाको अभियानमा लागेका हुन् ।

अजयले पहिलो चरणमा मुम्बईका केही स्थानमा कोभिड केयर सेन्टर खोलेका छन् । जहाँ, बिरामीहरुले निःशुल्क सेवा पाउनेछन् । सेन्टरमा आइसियु, अक्सिजनदेखि लिएर भेन्टिलेटर सम्मको सुविधा भएको उनीहरुले बताएका छन् । उनले त्यसका लािग दादरस्थित एक पार्टी प्यालेस भाडामा लिएका थिए । त्यसैलाई उनले कोभिड केयर केन्द्र बनाएका हुन् । यस केन्द्रमा २० बेड, अक्सिजन, आइसियु र भेन्टिलेटरको सुविधा उपलब्ध छ ।

मुम्बईमा तीनवटा कोभिड केयर सेन्टर बनाउने र त्यहाँ वेडको संख्या पनि थप्दै जाने उनीहरुको योजना छ । उनीहरुले विरामीको उपचारमा लाग्ने सबै खर्च पनि आफै बेहोर्ने घोषणा गरेका छन् । यता अभिनेत्री अनुष्का शर्मा र उनका पति तथा भारतीय राष्ट्रिय क्रिकेट टिमका क्याप्टेश विराट कोहलीले पनि फण्ड स्थापना गरेर कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने घोषणा गरेका छन् ।

उनीहरुले आफुहरुले २ करोड रुपैया दान दिएका छन् भने ७ करोडको फण्ड निर्माण गर्ने बताएका छन् । त्यो रकम संक्रमितको उपचारका लागि अक्सिजन र उपकरणमा खर्च गर्ने उनीहरुले बताएका छन् । सामाजिक सञ्जाल मार्फत फण्डमा पैसा जम्मा गर्न पनि उनीहरुले सबैलाई आह्वान गरेका छन् ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button